शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दार्चुलको महाकाली नदी गेटमा अलपत्र पाँच सय नेपालीद्वारा नाराबाजी

दैनिक नेपाल २०७६ चैत १७ गते १३:३२

दार्चुला, १७ चैत ।  दार्चुलाको सीमानाकामा अलपत्र परेका पाँच सय नेपालीले नाराबाजी गरेका छन् । भारतका विभिन्न स्थानबाट नेपाल आएका उनिहरु नेपाल छिर्न नपाएपछि नाराबाजीमा उत्रिएका हुन् ।

भारतमा लगडाउनका कारण स्वदेश फर्किएका पाँच सय नेपाली नेपालमा पनि लकडाउनका कारण नेपाल प्रवेश गर्न पाएका छैनन् ।
भारतका विभिन्न शहरमा काम गर्ने उनीहरु भारतमा लकडाउन भएसँगै घर फर्किएका थिए ।

महाकाली पुलको गेट नखोलेसँगैं नेपाल प्रवेश गर्न नपाएका उनीहरु अलपत्र परेका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले पनि सीमा बन्द गरेको छ ।

सीमा पारी पाँचसय जना जति छन् तिनीहरुलाई ल्याएर राख्ने क्वारेन्टाइन नभएकाले गेट बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित