
राैतहट, १६ चैत । गौरमा आइतबार र सोमबार अत्यावश्यक पनि औषधी पसल बाहेक अरु पसल खोल्न रोक लगाएको छ ।
सरकारले लकडाउन गरेपनि साँझ बिहान खाद्यन्न, तरकारी किन्नेहरुको भिड लाग्ने गरेको र त्यहाँबाट कोरोना संक्रमण फैलन खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले औषधी बाहेक अरु कुनै पसल खोल्न नदिने जनाएको हो ।
आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन दिएका छैनन् । आदेशको पालना नगर्नेलाई कडा कारबाही गर्न पनि प्रशासनले प्रहरीलाई आदेश जारी गरेको छ ।














प्रतिक्रिया