१२ कार्तिक २०८३, बिहिबार

नेपाली आकाशमा देखिएको चम्किलो वस्तु के हो ? यस्तो छ नासाेको अनुमान

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासाे) का अध्यक्ष सुरेश भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका छन्।

‘साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ ।’

साथै सोसाइटीले प्राप्त जानकारीहरूको आधारमा उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ ।

उसले जहाँ ठूलो आवाज आयो त्यो पिण्ड त्यही खसेको हुनसक्ने हुँदा त्यस्तो भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ।