शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड रुपियाँ सहयोग घोषणा

दैनिक नेपाल २०७६ चैत १४ गते ९:०८

काठमाडौं, १४ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भीजी फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग सहकार्य गरिरहेको छ ।

‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।

फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ । हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।

साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको हामी समर्थन गर्छौं । हामी सर्वसाधारण जनतालाई अपिल गर्न चाहन्छौं कि सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन हामीसबैको सुरक्षाको लागि हो र सबै मिलेर यसको पालना गरौं ।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।

प्रतिक्रिया
सम्बन्धित