आइतबार, २३ चैत २०७६
DainikNepal.com
आइतबार, २३ चैत २०७६

बृन्दावनमा माक्स, सेनिटाइजर र साबुन वितरण

दैनिक नेपाल २०७६ चैत १३ गते ९:३५

रुपेन्द्र पटेल

रौतहट, १३ चैत । रौतहटको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले कोरोना भाइरसबाट बच्न आफ्नो नगर क्षेत्रका अन्तर्गतका प्रत्येक वाडको टोल र घरमा माक्स, सेनिटाइजर, साबुन र पानीको व्यवस्था गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणबाट आफ्ना नगरवासीमा माक्स, सेनिटाइजर र साबुन वितरण तथा सबुन पानीको व्यवस्था गरिएको बृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिएका छन् ।

नगरपालिकाभरि करीब ६९० स्थानमा सबुन पानीको व्यवस्था गरिएको बृन्दावन नगरपालिकाका नासु शिवजी साहले बताए ।

नगर प्रमुख यादवले आफ्नो नगर क्षेत्रका नागरिकलाई कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन र पानीले मिचिमिची हात धुन, भीडभाडमा नजान, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाक्न, हात नमिलाउन आग्रह गरेका छन् ।

उनले ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउदै स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित