बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चीनतर्फको नाका खुलाउने तयारी

दैनिक नेपाल २०७६ चैत १२ गते १९:३१

काठमाडौँ, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने भएको छ।

माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाका खुलाउने तयारी सरकारले गरेको हो ।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित