१२ कार्तिक २०८३, बिहिबार

६० वर्षमाथिकामा कोरोना शंकास्पद लक्षण देखिए तुरन्त परीक्षण गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । ६०वर्षमाथिकामा कोरोनाको संकास्पद लक्षण देखिए तत्काल परीक्षण हुने भएको छ । यसअघि आइसोलेसनमा भर्ना भएपछि मात्र परीक्षण हुन्थ्यो ।

स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना ९कोभिड–१९० भाइरस परीक्षण गर्ने भएको हो ।

हालसम्म विश्वव्यापी रुप मै आएको विभिन्‍न तथ्यांकहरुले ६० वर्षमाथिकाहरुको लागि कोरोना संक्रमण थप जटिल हुने देखिएकोले तुरन्त जाँच प्रकृया सुरु गर्ने निर्णय गरिएको हो।