
लमजुङ, ६ चैत । अन्नपूर्ण पदमार्ग घुम्न गएका तीन पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा दुई विदेशी महिला र एक नेपाली रहेका छन् ।
वेपत्ता हुने पर्यटक नेदरल्याड्सबाट नेपाल घुम्न आएका बताइएको छ । नेदरल्यान्ड्स दूतावासबाट अन्नपूर्ण क्षेत्रमा आफ्ना दुई नागरिकसहित एक नेपाली भरिया हराइरहेको जानकारी दिएको छ ।
उनिहरु जगत, थोराङला हुँदै जोमसोम तर्फ लागेको बताइएको छ । पासपोर्ट नं ‘एनपीआरडीके ६९०३’ का मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोन्केन हराइरहेको उल्लेख गरेका छन् । नेपालीको नाम थर खुलाइएको छैन ।
प्रमुख जिल्ला अधिकारीले पर्यटक हराएको भन्ने खबर आएको र आफूहरुले खोजीलाई अगाडि बढाएको जानकारी दिएका छन् ।














प्रतिक्रिया