
काठमाडौं, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास भण्डारण गरेर नराख्न अनुरोध गरेको छ । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले विज्ञप्ति जारी गर्दै ग्यासको आपूर्ति भारतबाट नियमित रूपमा भइरहेकाले जम्माखोरी नगर्न आग्रह गरेकी छन्।
मन्त्रालयकाअनुसार ग्यासको आपूर्ति सहज गर्न यो महिनामा नियमित खपतभन्दा अतिरिक्त ११ हजार टन ग्यास आयात गर्ने प्रक्रियामा छ। नेपाल आयल निगमकाअनुसार बिहीबार र शुक्रबार गरी पाँच नाकाबाट नेपालमा दुई सय ८९ बुलेट ग्यास भित्रिएको छ।
जसमध्ये बिहीबार एक सय २८ र शुक्रबार एक सय ७३ बुलेट ग्यास नेपालमा भित्रिएको छ। निगमका ग्यास विभागका प्रमुख दीपक बरालकाअनुसार सामान्यभन्दा झण्डै डेढ गुणा बढी ग्यास लोड भएर नेपालमा भित्रिएको छ।
उपभोक्ताले आवश्यकताभन्दा धेरै ग्यास भण्डारण गरेर राख्दा बजारमा ग्यास सटेज भएको भन्दै आवश्यकता भन्दा धेरै ग्यास नराख्न अनुरोध गरेको हो ।














प्रतिक्रिया