
काठमाडौं, ३० फागुन । शान्ति मिसनका लागि दक्षिण सुडान जान लागेका नेपाली सेना तत्कालका लागि सुडान जान नपाउने भएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखीमलाई मध्यनजर गर्दै तत्कालका लागि शान्ति सेना मिसनमा नपठाउन संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई पत्राचार गरेको हो ।
मिसनका लागि सुडान जाने तयारीमा रहेका ६ सय ९९ सैनिक तत्कालका लागि रोकिएका छन् । राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो।
राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ।














प्रतिक्रिया