१२ कार्तिक २०८३, बिहिबार

हिमालहरूलाई बचाउने अभियानमा जुट्नुपर्छः मन्त्री गुरुङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पर्वतीय पर्यटनको मुख्य अंगको रुपमा रहेको हामीसँग रहेका हिमालहरूलाई कसरी बचाउने भन्ने अभियानमा जुट्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा बिहीबार काठमाडौंमा आयोजना गरेको पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिममा सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय अनुकूल संघले प्रदान गर्ने तालिमको पाठ्यक्रम परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

मन्त्री गुरुङले हिमाललाई कसरी बचाउँने भन्ने विषयलाई पाठ्यक्रममै समावेश गर्न पनि आग्रह गरे ।

गुरुङले कोरोना भाइरसलाई तेस्रो विश्व युद्धको संज्ञा दिँदै त्यसलाई जित्न आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले संघले उठाएका आवाजहरूलाई नीतिगत व्यवस्था गर्ने सवालमा आफू सदैव सकरात्मक तरिकाले सहयोग गर्ने पक्षमा रहेको बताए ।