
काठमाडौं, २९ फागुन । पश्चिमी वायूको प्रभावका कारण शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित चट्याङ पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार पश्चिमी क्षेत्रमा बादल लागेर हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । बिहीबार बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।














प्रतिक्रिया