१३ कार्तिक २०८३, शुक्रबार

किशोर बलात्कार गर्ने कदम्बा गुम्बाका सञ्चालकलाई थुनामा राख्न अनुमति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । १५ वर्षीय किशोरमाथी यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका बाैद्ध (आरुबारी)स्थित कदम्बा गुम्बाका सञ्चालक अष्ट्रेलियन नागरिक गोन्दुक रिम्पोछेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

महानगरीय प्रहरी वृत्त बाैद्धको हिरासतमा रहेका रिम्पोछेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अभियोगमाथी अनुसन्धान गर्न ५ दिनको म्याद दिएको हो ।

३ वर्ष अघिदेखि गुम्बा सञ्चालक रहेका योउ की युइन बाैद्ध धर्मगुरुका रुपमा गोन्दुक रिम्पोछेबाट चिनिएका थिए । अष्ट्रेलिया मेलबर्न घर भएका उनी गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित कदम्बा बुद्धिस्ट प्रतिष्ठानका प्रमुख हुन् ।

यौन दुराचार पीडित किशोरलाई आरोपितले नै संखुवासभाबाट शिक्षादीक्षाका लागि काठमाडौं ल्याएका थिए । उनले पछिल्लो २० दिन यता किशोरमाथी यौन शोषणा गर्दै आएको पनि खुलेको छ । बारम्बार पीडित बनाएपछि किशोर चिनजानका मानिस मार्फत बुधबार प्रहरीमा पुगेका थिए ।