
भैरहवा, फागुन १२ । रुपन्देहीको सदरमुकाम भैरहवामा आपराधिक गतिविधि बढ्दै गएपछि सिसिटिभी जडान गरी निगरानी थालिएको छ । भैरहवाको व्यस्त बजारमा आपराधिक गतिविधि बढ्दै गएपछि निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा बाट निगरानी गर्न शुरु गरिएको हो । सिसिटिभी जडानको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो ।
सिसिटिभी डवल रे इन्जिनियरिङ एण्ड मल्टी सप्लायर्सले भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बिपी पथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा जडान गरेको छ । सोमवार भैरहवा स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपभोक्ता समितीले सिसिटिभी जडान परियोजना हस्तान्तरण तथा सहयोगी संस्थाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि सिसिटीभी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले सुरक्षाको दृष्टिकोणबाट महत्पूर्ण मानिएको स्थानहरुमा सिसी क्यामेरा जडान भएकोले नगरपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरिक्षक हेम बहादुर थापाले केही समय अघि भैरहवामा भएको लुटपाट पछि हत्याको घटनामा सिसिटिभी फुटेजकै कारण घटना घटाउने ब्यक्ती समाउन प्रहरी सफल भएको अनुभव सुनाउदै सिसिटिभीले सहरको सुरक्षामा महत्वपुर्ण भुमिका खेल्नसक्ने बताउनुभयो ।














प्रतिक्रिया