१३ कार्तिक २०८३, शुक्रबार

लाइसेन्स बनाइदिन्छु भन्दै घुस माग्ने दुई जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ माघ । अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस माग्ने दुई पक्राउ परेका छन् । महानगरिय ट्राफिक महाशाखाबाट खटिएको टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ स्वयम्भूबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका– ६ घर भइ ठूलो भर्‍याङ बस्ने २५ वर्षीय मानबहादुर रोकाया र बुढा निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्दै आएका ३८ वर्षीय गणेश गुरुङ रहेको महाशाखाका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लाइसेन्सको लिखित परीक्षामा पास गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए । प्रहरीले उनीहरूलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाइएको छ ।