बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अत्यधिक वर्षाबाट ४१ को मृत्यु

दैनिक नेपाल २०७६ पुष २६ गते १०:२१

काठमाडौं, २६ पुस ।   अत्यधिक वर्षाका कारण अंगोलामा साताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनियो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि ती मानिसको मृत्यु भएको हो ।

राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारसँग बोल्दै उनले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरू धेरै जना प्रभावित भएको जानकारी दिए । वर्षासँगै आएको बाढीले घरसँगै विभिन्न भौतिक संरचनामा क्षति पु¥याएको छ भने कृषिजन्य उत्पादनसमेत नष्ट गरिदिएको छ ।

वर्षाका कारण विद्युत् सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन् । यसले आर्थिक वृद्धिद्धरमा समेत असर पारेको गृहमन्त्री केसरले बताए ।

मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलंगे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।

देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, ३ सय ७८ घर क्षतिग्रस्त भएको, ९ सय ७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र चारवटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ । रासस

प्रतिक्रिया
सम्बन्धित