१४ कार्तिक २०८३, शनिबार

रेलमार्गकाे उच्चस्तरीय छलफल गर्न चिनियाँ टोली नेपाल आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर ।  नेपाल चिनबीच निर्माण हुने भनिएको केरुङ–काठमाडौा रेलमार्ग निर्माणबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली नेपाल आउने भएको छ । आगामी साता टोली नेपाल आउने बताइएको छ । चिनियाँ टोलीले नेपालमा रेलमार्गको डिपीआर तयार पार्ने जनाइएको छ ।

चिनियाँ टोलीसंग नेपाली टोलीबिच बैठक पनि बस्ने छ । बैठकमा रेलको डिपीआर निर्माण लगायतका विषयमा उच्चस्तरीय बैठक हुने बताइएको छ ।

केरुङ–काठमाडौा रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ । नेपाल आउन लागेको उच्च स्तरीय चिनियाँ टोलीसँगको बैठकमा सहभागी हुनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरिएको छ ।

मन्त्रालयका सहसचिव तथा वैदेशिक महाशाखा प्रमुख सिग्देलका अनुसार टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, भूमि सुधार मन्त्रालय, रेल विभाग, सडक विभागका महानिर्देशक, सिनियर डिभिजन इन्जिनियरहरूको सहभागिता रहेको छ ।