काठमाडौं, ३ मंसिर । दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका ६ विसासयका कुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस