सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

झाँक्रीको घाँटी रेटेर हत्या गर्ने पाँच पक्राउ

दैनिक नेपाल २०७६ मंसिर २ गते १५:३८

काठमाडौं, २ मंसिर ।  धामी–झाँक्रीको घााटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँचजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

गाउँघरमा धामी–झाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घााटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२, सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेलापरेको थियो ।

घटना भएको करिब दुई सातापछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजा मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६, सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसाग चिनजान भएको र फुलगेनकै माध्यमबाट अन्य व्यक्तिहरुसाग पनि झाँक्री यादवको चिनजान भएको थियो ।

सोक्रममा ती व्यक्तिहरुसाग यादवले ‘भूतप्रेत भगाउन झारफुक गरिदिन्छु’ भन्दै पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासोहरु आएको प्रहरीले जनाएको छ ।

चिनजानकैक्रममा फुलगेन साह तथा झााक्री यादवबीच केही रकम लेनदेन भएको र झााक्रीले फुलगेनसाग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यानमार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचैजना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानकाक्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घटनालगत्तै गरिएको अनुसन्धानकाक्रममा अभियुक्तहरुले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरुसमेत फेलापरेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

पक्राउ परेका पााचैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । -रासस

प्रतिक्रिया
सम्बन्धित