
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री निवास बालुवाटार अगाडि मृगौला पिडितहरुले नाराबाजी गरेका छन् । मृगौला पिडितहरुलाई सरकारले उपलब्ध गराउने सुविधा यदावत राख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
मृगौला पीडित सरोकार समाजको नेतृत्वमा आज बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलाइसिसमा दिादै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।
१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयं मिर्गौला पीडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिए ।
आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौति गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश समेत पोखेका थिए ।
पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, नि:शुल्क हेमोडाइलाइसिस, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गरेका छन् ।












प्रतिक्रिया