१४ कार्तिक २०८३, शनिबार

नेपाल–भारत सीमा नाका झुलाघाट चार दिन बन्द हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी  लेकेन्द्रसिंह नेगीले जानकारी दिए ।