आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

नेपाल आइडल सिजन २ का बिजेता रवि ओड सुदूरपश्चिम पर्यटनदुतमा नियुक्त

दैनिक नेपाल २०७६ मंसिर १ गते १५:०४

काठमाडौं, १ मंसिर ।  सुदूरपश्चिम प्रदेश सरकारले नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई सुदुरपश्चिमको पर्यटनदुतमा नियुक्त गरेको छ ।

कन्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाई प्रदेशको पर्यटन दुतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्वेश्यले आइडल ओडलाई सुदुरपश्चिम प्रदेशको पर्यटनदुतमा नियुक्त गरेको वताउनु भयो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले वडलाई पर्यटनदूतको रुपमा नियुक्त गरेको हो ।

आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिम को पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचारप्रसार मा सहयोग पुग्ने उद्वेश्यले उहाँलाई पर्यटन दुतमा नियुक्त गरिएको मन्त्री भट्टले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघिनै प्रदेश स्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित