बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

फेरि अध्यक्ष हुने भवानी राणाको चाहना चिप्लियो !

दैनिक नेपाल २०७६ कार्तिक २४ गते १३:३४

काठमाडौं, २४ कात्तिक । विशेष साधारणसभा गरी विधान संशोधनसहित भावी अध्यक्षका लागि पुरानो व्यवस्था हटाउने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको चाहना चिप्लिएको छ ।

यसका लागि राणाले विधान संशोधन समिति गठन गरेकी थिइन् । यहि विषयमा लामो समयसम्म विवाद भयो । विवादकाबीच उक्त समितिले विशेष साधारणसभा बोलाउने निधो समेत गरेको थियो । अहिले एकाएक रोकिएको छ । स्रोतहरूका अनुसार आगामी अध्यक्षका लागि निश्चित भइसकेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको प्रभावका आधारमा नै साधारण सभा रोकियो । जसका कारण गोल्छा अघिल्ला प्रक्रियाअनुसार नै अध्यक्ष हुनेछन् ।

साधारण सभा भएको र विधान संशोधन गरिएको खण्डमा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गरिने र त्यसमा राणा फेरि उठ्ने तयारीमा थिइन् । २९ कात्तिकका लागि विशेष साधारण सभाको तयारी गरिएको थियो ।

महासंघमा बरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने परम्परा वैधानिक हिसाबले चलिआएको थियो ।

प्रतिक्रिया
सम्बन्धित