६ कार्तिक २०८३, शुक्रबार

‘रित्तै’ उड्नु छ जापान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असाेज । सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।

अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’

लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’

नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन।

यात्रु नै छैननजापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए। तर, टिकट काटेका ८८ मात्र। बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका। उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।