भरतपुर, ३ असाेज । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरूको भेलाले अण्डाको मूल्य ३० रुपियाँले बढाएको छ ।
व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।
२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।
सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । कारोबार दैनिकले समाचार छापेकाे छ ।















प्रतिक्रिया