बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

अप्ठेरोमा संविधान

दैनिक नेपाल २०७६ असोज ३ गते ७:३७

काठमाडाैं, ३ असाेज । संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्ष पूरा भएको छ। संविधानसभाबाट नयाँ संविधान बनाएर जारी गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना झन्डै ७० वर्षपछि अर्थात् २०७२ असोज ३ गते पूरा भएको हो।

संविधानसभाबाट नयाँ संविधान जारी हुँदा आमजनताले सोचेका थिए– अब मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुनेछ, मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ।

तर, जनताको असन्तुष्टि र चाहना सम्बोधन हुन सकेन। संविधान जारी हुँदा मधेसी तथा आदिवासी जनजातिको त्यसप्रति असन्तुष्टि कायमै थियो।

त्यसले संविधान कार्यान्वयनमा चुनौती खडा गरेको थियो भने संविधान आफैंले तय गरेका सीमाले पनि उक्त आशंकालाई थप बल पुर्‍याएको थियो। तर संविधान जारी गर्ने प्रमुख राजनीतिक दलहरुले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउँदै २०७४ माघभित्र तीनै तहका निर्वाचन गराउन सफल भए।

तीनै तहका निर्वाचनले संविधानले परिकल्पना गरे अनुसारका संरचना निर्माण गरी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने काम पनि ग¥यो।

संघीय लोकतान्त्रिक गणतन्त्रसहित समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणालीको जग पनि बसाल्यो। संविधानले एउटा लय समायो। मुलुक नयाँ संविधानको बाटोमा अघि बढ्यो।

तर, तीन तहको निर्वाचनपछि दलहरु मिलेर अघि बढ्न सकेनन्। निर्वाचनमा झन्डै दुई तिहाइ समर्थन पाएको नेकपाल कम्युनिस्ट पार्टी नेकपामा दम्भ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पराजयको लघुताभासले संविधान कार्यान्वयनमा अप्ठेरो देखियो। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित