भोजपुर, १३ भदाै । भाेजपुर जिल्लामा वडाबाटै नागरिकको काममा अवरोध पुर्याएको भन्दै अरुण गाउँपालिका–६, जरायोटारमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडाध्यक्षले प्रदेश १ सरकारमार्फत दिएको बजेटले लिफ्टिङ्ग खानेपानी आयोजना सञ्चालनको लागि सिफारिस माग्दा नदिएपछि स्थानीयले ताला लगाएका हुन् ।
विनियोजीत बजेटको कार्यक्रम सञ्चालनमा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले सकारात्मक नदेखिएकोले तालाबन्दी गरेको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताए ।
योजना कार्यान्वयन गर्न आयोजनाबाट लाभान्वित वडा नम्बर ६ र ७ जरायोटारका सर्वसाधरणको समिति निर्माण गरिएको छ । खानेपानी आयोजनाका लागि प्रदेश १ सरकारले ३० लाख बजेट विनियोजन गरेको छ ।












प्रतिक्रिया