काठमाडाैं, १३ भदाै । काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन अर्थात् शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।
नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी शुक्रबार सार्वजनिक बिदा दिन लागेको जनाएको हो ।
बुधबार बसेको २५ औँ नगर कार्यपालिकाको बैठकले कुशे औँसीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।
यो दिन गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुनेछ ।
कुशे औँसीको दिन गोकर्णमा ठूलो मेला लाग्ने भएकाले गोकर्णे औँसीसमेत भनिन्छ ।












प्रतिक्रिया