१५ कार्तिक २०८३, आइतबार

मौलिकता हराए विकृतिले जरा गाड्छ : उपसभामुख शर्मा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, १२ भदौ । गण्डकी प्रदेशका उप–सभामुख सिर्जना शर्माले चाडपर्वको मौलिकता जोगाई राख्न आग्रह गर्नुभएको छ ।

नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा आजदेखि शुरु भएको ‘लामाचौर तीज महोत्सव’को उद्घाटन गर्दै उहाँले चाडपर्वको मौलिकता हराउँदै गएर विकृति भित्रिन थालेकाले चाडपर्वको मौलिकता जोगाइ राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वको मौलिकतानै हरायो भने भोलि विकृतिले जरा गाड्छ, त्यसपछि चाडपर्वको औचित्यमाथि समेत प्रश्न उठ्न सक्छ ।” सम्पूर्ण नेपालीले सरकारलाई रचनात्मक सहयोग गरे मात्र समृद्ध नेपाल, सुखी नेपालीको वर्तमान सरकारको नाराले सार्थकता पाउने भनाइ शर्माको छ ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले विभिन्न कोणबाट प्रदेश सरकार र प्रदेशसभालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै जनताको नजिकको सरकारलाई बलियो बनाउँदामात्र जनचाहना पूरा हुने उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले पनि भ्रष्टाचार अन्त्य र समाज परिवर्तन तथा सुसंस्कृत समाज निर्माणका लागि आह्वान गर्ने खालका गीत निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । महोत्सव यही भदौ १७ गतेसम्म जारी रहनेछ । –रासस