१५ कार्तिक २०८३, आइतबार

सुनका गरगहनासहित ६ लाखको धनमाल चोरी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भदौ । काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित झण्डै छ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट आज सुनका गहना र मोबाइल गरी रु तीन लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आजै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, महानगरपालिका–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । –रासस