
बुटवल, १२ भदौ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई एक लाख २० हजार घुसरकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
अख्तियार प्रवक्ता प्रदिप कोइरालाका अनुसार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया