१२ मंसिर २०८३, शनिबार

आइपिएसकाे तालिममा नेपाली इन्स्पेक्टर उत्कृष्ट, भारतीय गृहमन्त्रीद्धारा सम्मान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । इन्डियन पुलिस सर्भिस (आइपीएस)को भारतको हैदरावादस्थित तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन् ।

सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन् ।

तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए । खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए । भुटान, माल्दिभ्स, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।

उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए ।

यस्तै भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।
यस्तै तालिममा यसअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक रद्यु सिंह विष्ट र राजेशराज पुरी उत्कृष्ट भएका थिए ।

तालिममा अपराध अनुसन्धान, साइबर क्राइम र साइबर सेक्युरिटी, ल एण्ड अर्डर कायम गर्ने लगायतका विषयमा सुरक्षा विज्ञहरुले तालिम दिएका थिए ।

उत्कृष्ट हुने खड्का २०७२ सालका ब्याजी हुन् ।