१५ कार्तिक २०८३, आइतबार

तुर्किस्तान पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । वैदेशिक रोजगारीका लागि आकर्षक ठाउँमा पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर पौपादुम्बा–६ का उमेश तामाङलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा पठाई दिने भन्दै तीन लाख रुपैयाँ लिएर फरार भएका रामेछाप गंगा गाउँपालिका–३ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका हर्कबहादुर तामाङ्गलाई प्रहरीले पक्रेको हो ।

तुर्किस्तानको सेक्युरिटी गार्डमा मासिक १२ हजार डलर तलव हुने र खाने, बस्नेको सुविधा समेत हुने भन्दै हर्कबहादुरले उमेशबाट तीन लाख रुपैयाँ लिई फरार भएका थिए । प्रहरी महाशाखाको टोलीले हर्कबहादुरलाई लुकीछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरेको हो ।

पेसाले चालक रहेका ३४ वर्षीय हर्कबहादुर तामाङले अन्य चार युवाबाट समेत जनही तीन लाखको दरले रकम उठाएको खुल्न आएको महाशाखाका प्रहरी उपरीक्षक तथा सूचना अधिकृत सुशीलसिंह राठौरले जनाएका छन् ।