
काठमाडौँ, ११ भदौ । सरकारले न्याय सेवातर्फका संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले न्यासेवाका कर्मचारीको तलव अनुमोदन गरेको हो ।
अर्थ मन्त्रालयकाअनुसार अब प्रधानन्यायाधीशले ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउनेछन् । त्यस्तै, न्यायाधीशहरुको भने ७१ हजार ९ सय ५० रुपैयाँ मासिक तलब तोकिएको छ ।
महान्यायाधिवक्ता र न्यायपरिषद् सदस्यले पनि न्यायाधीश बराबरको तलब पाउनेछन् ।
यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको समेत तलवमान तोकिएको हो ।
तोकिएको तलवमान भने १ साउनबाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
कसकाे तलव कति पुग्याे त ? हेर्नुस् ।











प्रतिक्रिया