१२ मंसिर २०८३, शनिबार

बाबुराम भट्टराईले टिकापुर घटना पुनरावृत्ति गर्न खोजेको रावलको आरोप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सत्ता सहयोगी समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर घटना दोहोर्याउन खोजेको सत्ता नेतृत्व गरेको नेकपाका नेता भिम रावलले आरोप लगाएका छन् ।

टिकापुर पुगेर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउने भट्टराईको अभिव्यक्ति देशमा विखण्डन निम्त्याउने प्रकारको रहेको रावलले धनगढीमा पत्रकारसँग भने ।

भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको आरोप लगाएका रावलले भने,‘यीनिहरुका कारण नै थारु समुदाय माथि उठ्न सकेका छैनन् ।’ थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले फेरि आन्दोलन गर्नुपर्ने बताएका थिए ।