
काठमाडौँ, १० भदौ । नेपाल र भारतका महान्यायाधिवक्ताबीच भेटघाट भएको छ । नेपालका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र भारतका महान्यायाधिवक्ता के के वेणुगोपालबीच मंगलबार दिल्लीमा भेटघाट भएको हो ।
भेटमा दुईपक्षीय हितका र चासोका विषयमा छलफल भएको बताइएको छ ।
दुईपक्षीय हितका विषयमा छलफल भएपनि कुन कुन मुद्दामा केकस्तो कुराकानी भएको भन्ने बारे खुलाइएको छैन । तर आगामी असोज ३ गते नेपालको संविधान दिवसमा उच्चस्तरको भ्रमणको विषय हुनसक्ने आंकलन गरिएको छ ।
भारतस्थित नेपाली दूतावासले पनि दुवै देशका महान्यायाधिवक्ताबीच भेट भएको पुष्टि गरेको छ ।











प्रतिक्रिया