१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेसहित तीनै जनाको पेशी तोकियो

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा छुटेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाको पहिलो पेशी तोकिएको छ ।

चितवन जिल्ला अदालतले आउँदो असोज ५ गते लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीका लागि साक्षी तारेख तोकेको हो ।

अदालतले सोमबार लामिछानेसँग ५ लाख, कँडेलसँग ३ लाख धरौटी लिई हिरासतमुक्त गर्न आदेश दिएको हो भने कार्कीलाई साधारण तारेखका मुक्त गर्न आदेश गरेको थियो ।

अदालतको आदेशपछि यी तीनै जना सोमबार नै हिरासतमुक्त भइसेका छन् ।

गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता भएको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि लामिछाने, कँडेल र कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो रेकर्ड गरेर छोडेका थिए ।