१२ मंसिर २०८३, शनिबार

अरुण खाेलाकाे पुलबाट यातायात सुचारु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १० भदाै । ट्रक ठोक्किँदा भाँचिएको अरुण खोलाको पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् ।

साउन २९ गते ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा करीब डेढ मिटर लच्किएको थियो । पुल मर्मत सम्पन्न भएपछि पूर्ण रुपमा यातायात पुलबाट नै संचालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । त्यसयता डाइभर्सनबाटै यातायात संचालन हुदै आएका थिए ।

पुल मर्मतको काम पूर्ण रुपमा सम्पन्न भएसँगै सोमबार रातिबाट दुईतर्फी रुपमा नै पुल सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढाले बताएका छन् ।