लमही, ३२ साउन । दाङको लमहीस्थित एक फर्निचर उद्योगमा शुक्रबार मध्यरातमा आगलागी भएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ट फर्निचर उद्योगमा आगलागी हुँदा करीब ६५ लाख बराबरको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले बताएका छन् ।
विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणको लागि लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरी लागि परेका थिए ।











प्रतिक्रिया