आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, असईसहित ५ प्रहरी घाइते

दैनिक नेपाल २०७६ साउन ३१ गते २०:१०

काठमाडौँ, ३१ साउन । टिभी कार्यक्रम प्रस्तोता रवि लामेछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । लामिछाने समर्थक भीडले चितवन जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो ।

झडपमा प्रहरीका असईसहित ५ जना प्रहरी घाइते भएका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा १० सेल अश्रुँग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर रवि लामिछानेसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित