आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

सस्तोमा डलर साटिदिने भन्दै नगद ४ लाख ठगी

दैनिक नेपाल २०७६ साउन ३१ गते १९:१४


काठमाडौं, ३१ साउन । बुढानिलकण्ठ नगरपालिका १३ स्थित सस्तोमा डलर साटी दिन्छु भनी बिहीबार दिउँसो ४ लाख ठगी भएको छ ।  काठमाडौँ पुतलीसडक बस्ने ३५ वर्षीय देवीराम पुन मगरको साथबाट नगद ठगी भएको हो ।

अपरिचित २ जना व्यक्तिहरुले डलर साटी दिन्छु भनी मगरसँग ४ लाख रुपैयाँ लिई २०/२० को नेपाली नोट ९५ वटाको ४ वन्डल करिब ७ हजार ६ सय रुपैयाँ बराबरको नेपाली रुपैयाँ दिई ठगी गरी फरार भएको बताइएको छ ।

ठगी गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित