१७ कार्तिक २०८३, मंगलबार

गुल्मीको पहिरोमा पुरिएका सबैको शव निकालियाे

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास, ९ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।

गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए । सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको गुल्मी प्रहरीका रविन्द्र खड्काले जानकारी दिए ।