१७ कार्तिक २०८३, मंगलबार

रुपन्देहीमा गुरुयोजना निर्माणको लागि प्रथम चरणको कार्यक्रम

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ८ साउन । रुपन्देहीको सियारी गाउँपालिकामा गुरुयोजना निर्माणको लागि प्रथम चरणको कार्यक्रम भएको छ । गुरुयोजना निर्माणको लागी प्रथम चरण स्वरुप बुधवार गाउँपालिकामा छलफल तथा अन्तरक्रिया भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेलको प्रमुख आतिथ्यता र प्रतिनिधिसभा सदस्य घनश्याम भुसालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ११ जनाले कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष कंडेलले गन्तव्य तय गर्ने काम महत्वपुर्ण भएकोले गुरुयोजना निर्माण एउटा गन्तव्य रहेको बताए । कंडेलले गन्तव्य तय भए जनताको आवश्यकता पुरा हुने जानकारी दिए । यस्तै प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले गुरुयोजना निर्माण गर्ने प्रक्रिया शुरु गरेर गाउपालिकाले असाध्यै महत्वपुर्ण काम गरेको बताए ।

भुसालले असफलता बाटै सिक्ने कुरा विज्ञानको मुख्य आधार रहेकोले अहिले गुरुयोजना निर्माणको क्रममा हुनसक्ने असफलता हरु बाट गाउपालिकाले सिक्नु पर्ने जानकारी दिए ।

कार्यपत्रमा संघीयता, सुशासन र स्थानिय सरकार बिषयमा पुर्व संविधान सभा सदस्य काशीराज दाहाल, सियारी गाउपालिका वर्तमान आर्थिक अवस्था र प्रवृती विषयक नारायण प्रसाद पौडेल, स्वास्थ्य क्षेत्रको आवधिक योजना २०७६ विषयक प्रेम नारायण सुवेदी, सियारी गाउपालिका कृषि क्षेत्रको वर्तमान अवस्था, समस्याहरु र भावी योजना विषयक चन बहादुर जिसी, सहकारी विषयक झपेन अर्याल, पर्यटन विषयक अविराम बिक, मत्स्य पर्यटन विषयक रमेश जयसवाल गरि ११ जनाले कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य तुल्सी चौधरी, सुद्धोधन गाउपालिका अध्यक्ष किसुन चौधरी लगायतले मन्तव्य दिएका हुन् । कार्यक्रम गाउपालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षता र उपाध्यक्ष अमृता गुरुङको स्वागत मन्तव्यमा शुरु भएको हो ।