१७ कार्तिक २०८३, मंगलबार

रत्ननगरमा ३ दिने निःशुल्क दन्त शिविर, ४ सय २ जनाले सेवा लिए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ साउन । पूर्वी चितवनको रत्ननगरमा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

रत्ननगरका तिनवटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ रत्ननगर मिड र लायन्स क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सो शिविरको उद्घघाटन गरेका थिए । कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. अजय न्यौपानेले शिविरमा दिइने सुविधाहरुको जानकारी दिएका थिए ।

रत्ननगर लायन्स क्लबका अध्यक्ष दिपक बास्तोला को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ अन्तर्गत एरिया ३ का एरिया चिफ प्रकाश चन्द्र भट्टराई, रिजन चियर पर्सन कृष्ण लाल श्रेष्ठ लगाएतले मन्त्तव्य राखेका थिए । कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का अध्यक्ष प्रकाश शर्मा ले स्वागत गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेश चन्द्र आचार्यले संचालन गरेका थिए ।

बकुलहरमा सम्पन्न भएको शिविरमा साईराम डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियोे । कार्यक्रममा डा. अजय न्यौपाने, डा.सरु थापा, डा. नविन थापा, डा. प्रणव यादव, डा. रल्ज लौडारी र डा. बिक्रम श्रेष्ठ सहितको दन्तरोग विशेषज्ञहरुबाट ४ सय २ जना बिरामीहरुको दाँतको उपचारका साथै निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो ।