६ कार्तिक २०८३, शुक्रबार

चेक बाउन्सको ‘फेक’ रिपोर्टमा ललितपुर प्रहरीले समात्यो दम्पत्ती !

45.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । एनआइसी एसीया बैंक डिल्लिबजार शाखाले दिएको चेक बाउन्सको फेक रिपोर्टका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले एक महिला र उनका पतिलाई बैंकिङ कसुर अभियोगमा पक्राउ गरेको पीडित पक्षले दाबी गरेको छ ।

दाङ तुलसीपुर–५ स्थायी ठेगाना भएकी ललितपुरको नखिपोट बस्ने शिक्षा पेशामा आवद्ध भएकी कान्ति गिरी र उनका पति रुपेश श्रेष्ठलाई सोही आधारमा ललितपुर प्रहरीले केही दिन अघि पक्राउ गरेको पीडितले बताए ।

१ साउनमा प्रहरीले धरौटीमा रिहा हुनसाथ पुनः गिरी दम्पत्तीलाई पक्राउ गरेको थियो । बैंकिङ कसुरका लागि बैंकले तीन पटक चेक बाउन्स गर्न तीन साता लगाउँछ तर डिल्लिबजार शाखाले पीडकको दबाबमा आएर तीन दिनमा नै तीन पटक बाउन्स गरिदियो ।

१७, १८ र १९ असारमा चेक बाउन्सको रिपोर्ट बनाएपछि पीडकले गिरी दम्पत्तीलाई प्रहरीसम्म पुराएका छन् जबकी उक्त खाता १० असारमा नै बन्द गरिएको थियो ।

गिरीको एनआइसी एसीया बैंकको डिल्लिबजार शाखाको खाता नम्बर २९५६३५१८२१५२४००१ को चेक पीडक दम्पत्ती राजेश र प्रिती अवालेले धम्की दिएर काट्न लगाएको पीडितले बताएका छन् । यस्तै धम्की दिएरै विभिन्न मितिका अन्य चेक पनि अवाले दम्पत्तीले काट्न लगाएको पीडितको गुनासो छ ।

ललितपुर परिसरमा यसअघिको छलफलका क्रममा पीडित दम्पत्तीले सोही विषय भन्दा प्रहरीले पत्याएन । अवाले दम्पत्ती मिटरव्याजमा पैसा लगाउने र पीडित बनाउन माहिर रहेको बताइन्छ । सर्वसाधारणका अनुसार सोही दम्पत्तीको प्रभावमा ललितपुर प्रहरी परेको थियो ।

एनआइसी एसीया बैंकका अपरेशनमा कार्यरत गौतम डंगोलका अनुसार बन्द भइसकेको खाताको चेक बाउन्स गर्न मिल्दैन । बाउन्स नगरी उक्त चेक फिर्ता गरिएको हुनसक्ने डंगोलको भनाई छ ।

यता, ललितपुर प्रहरीका मुद्दा शाखाका डिएसपी नारायण चिमरियाले भने बाउन्स भएको चेकका आधारमा नै पक्राउ पूर्जी जारी गरि गिरीलाई पक्राउ गरिएको बताएका छन् । ‘विभिन्न मितीमा तीन वटा चेक दिइएको रहेछ त्यस मध्ये बाउन्स भएको चेकका आधारमा नै हामीले मुद्दा चलाएका हौं ।’

अगाडि के भएको थियो ?

गिरीले आफूलाई ‘अपराधी लाभ (एक्सटर्सन) सम्बन्धी कसुर’ भएको भन्दै दिएको निवेदन परिसरले पीडकसँग मिलेर दर्ता नै लिएको थिएन ।

बरु, हप्तौसम्म अलमलमा राखी उल्टै पीडितविरुद्धको जाहेरी आफू माथाहतको सातदोबाटो प्रहरी वृत्तमा दर्ता गर्न लगाएर परिसर हाताबाट गिरी र उनका पति रुपेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

गालीगलौज सम्बन्धी उक्त ‘फेक’ उजुरीमा पक्राउ गरिएका गिरी र उनका पतिलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले धरौटीमा रिहा गर्नासाथ पीडकको फेक चेक बाउन्स उजुरीका आधारमा परिसरले उनीहरूलाई पुनः पक्राउ गरिएको हो ।

गिरीले आफूलाई अनधिकृत रूपमा धम्की दिएर पटक–पटक गरी १६ लाख रूपैंया लगेका दम्पत्ती राजेश अवाले र प्रिती अवालेविरुद्ध एक्सटर्सन सम्बन्धी उजुरी दर्ता गराउन परिसर पुगेका थिए । तर अवाले दम्पत्तीसँगको मिलोमतोमा त्यसबेला पक्राउ नगरेको परिसरले उल्टै बैंकिङ कसुरको अभियोगमा गिरी दम्पत्तीलाई पक्राउ गरी रकम तिर्न दबाब दिइरहेको छ । स्रोतका अनुसार अवाले दम्पत्तीको आर्थिक प्रलोभनमा प्रहरी पनि प्रभावित बनेको छ ।

अवाले दम्पत्तीले धेरैलाई कम रकम ऋण सहयोग गर्ने र त्यसवापत धम्क्याएर लाखौं उठाउने गर्दै आएको बताइन्छ । यस्तै फन्दामा गिरी पनि परेकी थिइन् । शिक्षिकाको जागिर गर्ने र एउटा साधारण जुत्ता पसल गरेकी गिरीलाई प्रितीले तीन लाख ऋण सहयोग गरेकी थिइन् ।

१५ असारमा उजुरी लिएर गिरी परिसर पुगेकी थिइन् । तर परिसरले उक्त मुद्दामा उजुरी लिन नमिल्ने भन्दै फर्काएको थियो । पछि फेरि अवाले दम्पत्तीलाई बोलाएर छलफलमा समेत राख्यो ।

‘यो दिन उ दिन उजुरी दर्ता गर्छौं भनेर कागजी खेलमा प्रहरीले खेलायो, पछि अवाले दम्पत्तीले खडा गरेको व्यक्तिको दुव्र्यबहारसम्बन्धी उजुरीका आधारमा निमेषभरमा पक्राउ गरेर हिरासतमा लियो ।’

सरकारी वकिलको कार्यालयले देवानी सहिँताको नियमअनुसार गिरीले दिएको उजुरी दर्ता गर्नुपर्ने भन्दै ललितपुर प्रहरी परिसरलाई परिपत्र पनि गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरको ३६०४ नम्बरको चलानी रहेको पत्र परिसरलाई पठाइएको थियो ।

सक्कलै जाहेरी पठाइएको विषय उल्लेख गरिएको पत्रमा भनिएको छ,‘फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ५ उपदफा १ बमोजिम प्राप्त हुन आएको जाहेरी दरखास्त ऐन संहिता दफा ५ उपदफा २ को प्रयोजनार्थ पाना २ को जाहेरी दरखास्त जाहेरवालाको नागरिकताको प्रतिलिपि यसै पत्र साथ पठाइएको छ ।’

यो पनि पढ्नुहोस्

ललितपुर प्रहरीको ज्यादती परिसर छिरेका पीडितलाई वृत्तले समात्यो