१८ कार्तिक २०८३, बुधबार

राजविराजको ५ नम्बर वडा कार्यालयमा चोरी  

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविरज, ३२ जेठ । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ ।

चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिनुभयो ।

चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस