सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

चरेशसहित अमेरिकी नागरिक र मानव बेचविखन गर्ने पक्राउ

दैनिक नेपाल २०७६ जेठ ३१ गते २१:४५


काठमाडौँ, ३१ जेठ । प्रहरीले पाँच किलोग्राम चरेशसहित अमेरिकी नागरिक विलियम हेरोनलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले उनी नेपाल वायुसेवा निगमको आरए ४०१ उडानबाट थाइलैण्डको बैंकक हुँदै अमेरिका जान लागेका थिए । उनको झोला जाँचका क्रममा चरेश फेला परेको हो । पक्राउ परेका हेरोनसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचविखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार उनीहरुले रोजगारीको प्रलोभन देखाई रु पाँच लाखदेखि रु आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै युनाइटेड अरब इमिरेट्सको दुबई पु¥याई पीडितको राहदानी, नगद तथा प्रवेशाज्ञा खोसेर बन्धक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको हो ।

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना र अन्तर्रा्ष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारवाही गरिने ब्युरोले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित