१८ कार्तिक २०८३, बुधबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ जेठ । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनव स्थित सिमाईलाकाबाट जेठ ३० गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ७ बस्ने ३४ वर्षीय गणेश कुमार खत्री र भारतको सितामडी मधुवन पचांयत १५ बडीबजार घर बताउने २५ वर्षीय रञ्जित कुमार यादब छन् ।

बा. ७५ प १७९० नम्बर र भारतीय नम्बर प्लेटको बी.आर. ३० आर १७२६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खम्सीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोरेक्स ६ बोतल, पोक्सीभन प्लस १२० वटा तथा नाईट्रोभेट ७५ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी चितवन जिल्लाको माडी नगरपालिका ९ स्थित भालुखोलाबाट जेठ ३० गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगरपालिका २४ बस्ने ३७ वर्षीय विक्रम मोक्तान छन् । भारतबाट नेपालतर्फ आउदै गरेका निज मोक्तानलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बाँदरझुलाबाट खटिएको मोवाईल गस्ती टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट रेक्सकोफ कफ सिरोप सय एम.एल. को ४३ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मोक्तानलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी चितवन जिल्लाको माडी नगरपालिका ५ स्थित छरछरेबाट जेठ ३० गते एपीएफ टोलीले करिव ५० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन जिल्लाको माडी नगरपालिका ६ बसन्तपुर बस्ने १९ वर्षीय आशिष पावे, १९ वर्षीय विश्वास महत्तो, १८ वर्षीय निरज महत्तो र १७ बर्षीय सन्दिप चौधरी छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।