सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

दैनिक नेपाल २०७५ चैत २९ गते १६:२१

काठमाडौं, २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच (FTTH-Fiber To The Home) सेवाको औपचारिक शुभारम्भ गरेका छन् ।

दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ,

उक्त कार्यक्रममा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताए । उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने उल्लेख गरे ।

कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल वनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताएका थिए ।

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २ सय ४० लाइन वितरण भैसकेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित