बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

लक्ष्मी बैंकद्धारा ११ औं माउन्टेन साइकल र्‍याली सम्पन्न

दैनिक नेपाल २०७५ चैत २८ गते २०:३२

काठमाडौं, २८ चैत । लक्ष्मी बैंक लिमिटेडले ११ औं माउन्टेन साइकल र्‍याली सम्पन्न गरेको छ । ‘गो ग्रिन’ तथा नेपाल पर्यटन वोर्डको ‘भिजिट नेपाल २०२०’ अभियानलाई प्रवर्धन गर्ने उद्देश्यले लक्ष्मी बैंकले पोखरामा साइकल र्‍याली आयोजना गरेको हो ।

साइकल र्‍याली पोखरा औद्योगिक क्षेत्रबाट शुरु भई वाटरफ्रन्ट रिसोर्टसम्मको १३ किलोमिटरसम्म गरिएको थियो । कार्यक्रमको प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सहप्रायोजकमा प्राइमलाईफ इन्स्युुरेन्स तथा रेडबुल रहेका थिए ।

साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गर्दै उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकलाएवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ ।

गतवर्षहरुमा उज्यालो अभियानले बागमतीपुल, पाटन दरबार स्क्वायर तथाभद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–वारा, चण्डेश्वरी मन्दिर बनेपाआदि क्षेत्रमा सोलारलाइट जडान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित